Logo

प्रमुख समाचार

बैकुण्ठ अर्याललाई सफाइ दिने फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा



काठमाडौं । पूर्वमुख्यसचिव बैकुण्ठ अर्याललाई सफाइ दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीकाअनुसार आइतबार आयोगले पुनरावेदन निवेदन दर्ता गराएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव अर्यालसहित १२ जनाविरुद्ध अख्तियारले सुरक्षण मुद्रण केन्द्रमार्फत अन्तःशुल्क स्टिकर छपाइमा अनियमितता भएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो माग गर्दै दायर गरेको उक्त मुद्दामा विशेष अदालतले अर्यालसहित सबैलाई सफाइ दिएको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०८२, आईतवार १५:५६   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।