Logo

अन्तर्राष्ट्रिय

फेरि सेना पठाउने ट्रम्पको धम्की



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीद्वारा शासित राज्यहरूलाई निरन्तर निशाना बनाउँदै आएका छन् । उनले फेरि डेमोक्रेटिक पार्टी शासित राज्य र सहरहरूमा सेना पठाउने धम्की दिएका छन् ।

यसपटक उनले मेरिल्यान्डका गभर्नर वेस मूरलाई निशाना बनाएका छन् । वेस मूरले ट्रम्पलाई बाल्टिमोर आएर सार्वजनिक सुरक्षाबारे छलफल गर्न निम्तो दिएका थिएका छन् ।

ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा भने, “आवश्यक परेमा म बाल्टिमोरमा पनि वासिङ्टन डीसीमा जस्तै सेना पठाउँछु । यदि, वेस मूरलाई गभर्नर ग्याभिन न्यूसमलाई लस एन्जलसमा जस्तै सहयोग चाहिन्छ भने म सेना पठाएर अपराध अन्त्य गर्छु ।”

तर, मेरिल्यान्डका गभर्नर मूरले ट्रम्पको यो भनाइलाई खारेज गर्दै कडा प्रतिक्रिया दिए । उनले सीबीएसको ‘फेस द नेशन’ कार्यक्रममा भने, “मैले ट्रम्पलाई यथार्थ देखाउन बोलाएको थिएँ, तर उनी तथ्यहरूबाट आँखा चिम्लिरहेका छन् ।

राष्ट्रपतिको ध्यान ममाथि छ, तर मेरो ध्यान मेरा जनताको सेवामा छ । ट्रम्पको डेमोक्रेटिक राज्यहरूमा सेना पठाउने बारम्बारको धम्कीले अमेरिकाभर राजनीति तातेको छ ।

मेरिल्यान्डका गभर्नर मूरपछि इलिनोयका गभर्नर जेबी प्रिट्जकरले पनि ट्रम्पको भनाइको कडा जवाफ दिए । उनले भने, “शिकागोमा कुनै आपतकालीन अवस्था छैन । ट्रम्पले सेनाको राजनीतिक दुरुपयोग गरिरहेका छन् ।

न्यूयोर्क र शिकागोमा सेना पठाउने ट्रम्पको योजनालाई डेमोक्रेट नेताहरूले कडाइका साथ अस्वीकार गरेका छन् । पेन्टागन स्रोतका अनुसार, ट्रम्पले शिकागोमा नेसनल गार्ड तैनाथ गर्ने योजनाबारे छलफल गरिरहेका छन् ।

यसैबीच, अमेरिकी नागरिक अधिकार कार्यकर्ता अल शाप्र्टनले वासिङ्टनको हावर्ड विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा ट्रम्पमाथि नस्लवादको आरोप लगाए । उनले भने, “यो कदम अपराधसँग होइन, नस्लीय भेदभाव र प्रोफाइलिङसँग सम्बन्धित छ । ट्रम्पले कुनै गोरा मेयर भएको सहरलाई निशाना बनाएका छैनन् ।” टाइमडटकम

प्रकाशित मिति : ९ भाद्र २०८२, सोमबार ०९:०५   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।