Logo

अन्तर्राष्ट्रिय

चीनलाई ट्रम्पको धम्की



 काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार चीनले अमेरिकालाई चुम्बक बिनारोकतोक उपलब्ध गराउनुपर्ने बताएका छन् । यदि, त्यसो नगरे चीनमाथि २०० प्रतिशत आयात कर वा अन्य कुनै प्रतिबन्धका उपायहरू लागु गर्र्ने धम्की दिएका छन् ।
दुई देशबीचको व्यापार विवादका बीचमा चीन दुर्लभ चुम्बक र तिनको आपूर्तिमा नियन्त्रणको विषयमा संवेदनशील बन्दै गएको छ । अमेरिकाले कर वृद्धिको जवाफमा अप्रिलमा चीनले धेरै दुर्लभ खनिज वस्तुहरू र चुम्बकहरूलाई आफ्नो निर्यात प्रतिबन्ध सूचीमा समावेश गरेको थियो ।
यसैबीच, ह्वाइट हाउसमा आफ्ना दक्षिण कोरियाली समकक्षी ली जे म्युङसँगको भेटमा ट्रम्पले चीनसँग सम्बन्ध कायम राख्ने बताएका थिए । “चीनसँग हाम्रो उत्कृष्ट सम्बन्ध हुनेछ । उनीहरूका केही कार्ड छन् र हामीसँग पनि अविश्वसनीय कार्ड छन्,” ट्रम्पले भने, “तर म ती कार्ड खेल्न चाहन्नँ । यदि, मैले ती कार्ड खेले भने चीन नष्ट हुनेछ । म ती कार्ड खेल्ने छैन ।”
किम जोङसँग मेरो धेरै राम्रो सम्बन्ध छ, भेट्न चाहन्छु  ट्रम्पले सोमबार यो वर्ष उत्तर कोरियाली नेता किम जोङ उनसँग भेट्न चाहेको बताए । ह्वाइट हाउसमा आफ्ना दक्षिण कोरियाली समकक्षी ली जे म्युङसँग भेट्नुअघि ट्रम्पले भने, “मेरो र उत्तर कोरियाली नेताबीच धेरै राम्रो सम्बन्ध छ । म उनलाई बुझ्छु, मैले उनको साथ धेरै समय बिताएको छु, हामीले सायद छलफल गर्न नहुने विषयहरूमा कुरा गरेका छौँ । मलाई उनको साथ धेरै राम्रो लाग्छ । मलाई लाग्छ कि उनको देशमा अपार सम्भावनाहरू छन् ।”
उनले यस वर्ष वा अर्को वर्ष किमसँग भेट्ने प्रश्नमा भने, “म यो वर्ष उनलाई भेट्न चाहन्छु ।” इकोनोमिक्स टाइम्स

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलवार ०९:०४   :  बजे

156
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।