विराटनगर । मोरङ कारागारमा थुनामा रहेकी एक महिला मृत अवस्थामा भेटिएकी छन् ।
बुधबार बिहान महिला सेलमा रहेको शौचालय भित्र झुण्डिएको अवस्थामा सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बस्ने ३२ वर्षीया राधा भट्टराई (राधिका) को शव फेला परेको हो ।
जेलर गौरव ढुंगेलका अनुसार उनलाई कर्तव्यज्यान मुद्दामा सुनसरी जिल्ला अदालतले जन्मकैद सजाय सुनाएको थियो ।
उनी ०८० साल माघ ५ गतेदेखि मोरङ कारागारमा थुनामा थिइन् ।
राधा आफ्ना दुई नाबालक सन्तानसहित सप्तकोसी नहरमा हामफालेकी थिइन् । उनीसहित एक सन्तानको उद्धार गरिएको थियो । अर्को सन्तानको ज्यान गएको थियो । त्यसपछि उनीविरुद्ध कर्तव्य ज्यानको आरोपमा मुद्दा चलाइएको थियो ।
घटनाको थप अनुसन्धान भइरहेको कारागार प्रशासनले जनाएको छ ।




















प्रतिक्रिया