गाजा । रोयटर्सले आफ्ना क्यामेराम्यान हुसाम अल–मस्रीको मृत्युमा आधिकारिक शोकसन्देश (ओबिच्युरी) प्रकाशित गरेको छ। गाजास्थित नास्सेर अस्पतालमा इस्रायली सेनाको आक्रमणमा अल–मस्रीको ज्यान गएको हो ।
ओबिच्युरीमा उनलाई ‘सबैभन्दा खतरनाक परिस्थितिमा पनि सकारात्मक रहन सक्ने, दृढ र साहसी पत्रकार’ भनेर वर्णन गरिएको छ। रोयटर्सकी सम्पादक–इन–चिफ एलेस्सान्द्रा गालोनीले भनिन्, ‘उनको निधनले यो समाचार कक्षमा काम गर्ने सबैलाई गहिरो चोट पुर्याएको छ।’
खान युनिसमा जन्मिएका अल–मस्रीले २०२४ मेदेखि रोयटर्समा काम सुरु गरेका थिए। पछिल्ला महिनाहरूमा उनले नास्सेर अस्पतालबाट दैनिक समाचार दृश्य प्रसारण गर्ने जिम्मेवारी पाएका थिए। उनको क्यान्सरपीडित पत्नी र १५, १८, २२ र २३ वर्ष उमेरका चार सन्तान छन्।
अल–मस्रीको मृत्युपछि रोयटर्सले पहिलो रिपोर्टमा उनलाई केवल ‘कन्ट्र्याक्टर’ भनेर उल्लेख गरेको भन्दै आलोचना भएको थियो। अल–जजिराकी पत्रकार हिन्द खादरीका अनुसार, ‘रोयटर्सले आफ्नै पत्रकारलाई हेडलाइनमा समेत उल्लेख नगरेको र केवल ‘कन्ट्र्याक्टर’ भनेको गम्भीर लापरबाही हो।”
गाजास्थित पत्रकार समुदायले भने अल–मस्रीलाई ‘साहसी सहकर्मी’ का रूपमा सम्झिएको छ।




















प्रतिक्रिया