Logo

प्रमुख समाचार

अनलाइन दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टे अल्टिमेटम



काठमाडौँ । नेपाल पत्रकार महासङ्घले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको छ ।

महासङ्घका अध्यक्ष निर्मला शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष ज्ञापनपत्र बुझाउँदै यस्तो अल्टिमेटम दिएको हो ।

महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा हाल अवरुद्ध अनलाइन दर्ता र नवीकरण सुचारु नभए महासङ्घ आन्दोलनमा उत्रने उल्लेख छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री गुरूङले अनलाइन सञ्चारमाध्यमलाई परेको असहजता अन्त्य गर्न सङ्क्रमणकालीन व्यवस्था गरिने र तत्काल नयाँ नियमावली पनि ल्याउने आश्वासन दिए ।

मन्त्रालयकी सचिव राधिका अर्यालले पनि सञ्चारमाध्यम दर्ता र नवीकरण सहज बनाउन पहल गरिने बताए ।

छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा संशोधन गरी अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण स्थानीय प्रशासनमा गर्ने व्यवस्था पछि देशभर अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण र सञ्चालन अवरुद्ध छ ।

ज्ञापनपत्र बुझाउन उपाध्यक्ष उमिद बागचन्द, सचिवहरू सोनी शर्मा र प्रकाश धौलाकोटी केन्द्रीय सदस्यहरू रामेश्वर कार्की, अर्जुन पन्त, मनुका कुँवर, पवित्रा मुडभरी, मनुका कुँवर, राजकरण महतो, भुपराज बस्याल, लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ११ भाद्र २०८२, बुधबार २१:४२   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।