Logo

प्रमुख समाचार

काभ्रेको रोशीमा पहिरो, बीपी राजमार्ग अवरुद्ध



काठमाडौँ । काभ्रेको रोशी गाउँपालिकाको दुई ठाउँमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ ।

रोशी गाउँपालिका वडा नम्बर–९ स्थित बिरुवा डाँडा र वडा नम्बर–११ स्थित पिपलबोटमा लेदो सहितको पहिरो आएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।

घटनास्थलमा ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालय मंगलटारको टिम परिचालन गरिएको छ । जेसीबीको सहायताले राजमार्ग खुलाउने प्रयास भइरहेको एसपी सुवेदीले जानकारी दिए ।

दुईतर्फी बाटो अवरुद्ध भएको स्थान मंगलटारबाट २ सय मिटरेको दुरीमा पर्छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार ०७:४७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।