Logo

प्रमुख समाचार

डडेल्धुरामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु



धनगढी । डडेल्धुरामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका-५ स्थित उकल्ली काणे भन्ने स्थानमा चामाबाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३८ नम्बरको जिप दुर्घटना भएको हाे।

बिहीबार बिहान ८ बजेतिर भएको दुर्घटनामा परेर ४ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घाइतेहरूलाई डडेल्धुरा अस्पतालमा उपचारका लागि पठाइएको छ । मृतक र घाइतेहरूको परिचय खुलेको छैन ।

जिपमा चालकसहित १० जना सवार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार १०:३६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।