काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक संशोधनको माग गर्दै नेकपा एमालेको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । महासंघले प्रतिनिधिसभामा पेश विधेयक पूर्वसहमति अनुसार सच्याउनुपर्ने माग गरेको हो ।
महासंघले यसअघि कांग्रेस कार्यालयमा धर्ना दिइसकेको छ भने शुक्रबार माओवादी केन्द्रको कार्यालयमा धर्ना दिने तयारी छ ।
महासंघको मागअनुसार अस्थायी शिक्षकको पदपूर्ति ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्छ । यद्यपि विधेयकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला व्यवस्था गरिएको छ ।
महासंघले विधेयकमा आवधिक बढुवा, अस्थायी अवधिको गणना, अध्यापन अनुमतिपत्र म्याद थप, विभागीय कारबाही, दरबन्दी हस्तान्तरण, शिक्षक काउन्सिल र परीक्षा बोर्डमा प्रतिनिधित्व लगायतका विषय समेटिनुपर्ने माग राखेको छ ।





















प्रतिक्रिया