Logo

प्रमुख समाचार

नेकपा एमालेको कार्यालयमा शिक्षक महासंघको धर्ना



काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक संशोधनको माग गर्दै नेकपा एमालेको केन्द्रीय कार्यालयमा धर्ना दिएको छ । महासंघले प्रतिनिधिसभामा पेश विधेयक पूर्वसहमति अनुसार सच्याउनुपर्ने माग गरेको हो ।

महासंघले यसअघि कांग्रेस कार्यालयमा धर्ना दिइसकेको छ भने शुक्रबार माओवादी केन्द्रको कार्यालयमा धर्ना दिने तयारी छ ।

महासंघको मागअनुसार अस्थायी शिक्षकको पदपूर्ति ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्छ । यद्यपि विधेयकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला व्यवस्था गरिएको छ ।

महासंघले विधेयकमा आवधिक बढुवा, अस्थायी अवधिको गणना, अध्यापन अनुमतिपत्र म्याद थप, विभागीय कारबाही, दरबन्दी हस्तान्तरण, शिक्षक काउन्सिल र परीक्षा बोर्डमा प्रतिनिधित्व लगायतका विषय समेटिनुपर्ने माग राखेको छ ।

 

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार १४:३०   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।