Logo

प्रमुख समाचार

मधेसका पूर्वप्रदेश प्रमुख झालाई थुनामा पठाउने आदेश सदर



काठमाडौँ । मधेस प्रदेश सरकारका पूर्वप्रदेश प्रमुख राजेश झा (राजेश अहिराज) लाई पूर्पक्षका लागि थुनामा पठाउने जिल्लाको आदेश उच्च अदालत पाटनले सदर गरेको छ ।

उच्च अदालतका मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश खडानन्द तिवारीको इजलासले बिहीबार थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको हो ।

यसअघि १४ साउनमा जिल्ला न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको थियो ।

जिल्लाको आदेश चित्त नबुझेपछि उनी गत भदौ ४ गते उच्च अदालत पाटन गएका थिए ।

उनी विरुद्ध एक महिलालाई ०८१ जेठ ४ गते आफ्नै डेरामा लगेर बलात्कार गरेको आरोप छ ।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहीबार २०:२४   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।