Logo

प्रमुख समाचार

नेपाल बार एसोसिएसनले अदालतका फैसला अध्ययन गर्न समिति गठन



काठमाडौं । नेपाल बार एसोसिएसनले अदालतका फैसला अध्ययन गर्न समिति गठन गरेको छ ।

बारले न्यायपरिषद्‌को सदस्य भएर काम गरिसकेका वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेको नेतृत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन गरेको हो ।

समितिमा वरिष्ठ अधिवक्ताहरू डा. सुष्मा बाँस्कोटा बराल, श्रीकान्त बराल, सानुभाइ शाक्य र माधवकुमार बस्नेत छन् ।

समितिलाई अध्ययन गरेर तयार पारेका प्रतिवेदनहरू नेपाल बार एसोसिएसनको साधारणसभा र केन्द्रीय कार्यकारीणी परिषद्‌मा प्रस्तुत गर्न तथा प्रकाशनका लागि उपलब्ध गराउन भनिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८२, शुक्रबार २०:२७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।