Logo

कर्पोरेट फोकस

स्वास्थ्य मापदण्ड पुरा गरी चिडियाखाना खोल्ने तयारी



कोरोनाका कारण गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना स्वास्थ्य मापदण्ड पुरा गरी खोल्ने तयारी भएको छ । विश्वभर फैलिएको कोभिड–१९का कारण गत चैत ७ गतेदेखि अवलोकनका लागि पूर्ण रुपमा चिडियाखानाका बन्द गरिएको थियो । चिडियाखाना व्यवस्थापन प्रमुख डा.चिरञ्जिवीप्रसाद पोखरेलका अनुसार लामो समयसम्म बन्द रहँदा जीव जनावरको खानपान र कर्मचारी व्यवस्थापन गर्न समस्या भएकाले खोल्न लागिएको  जानकारी दिए ।

उनले भने, “कोरोनाभाइरस सङ्क्रमण कम भएको छैन, त्रास केही कम भएको हो, अबको केही दिनमा खोलिन्छ ,त्यसका लागि मापदण्डको तयारी पूर्ण अवस्थामा छ ।” मास्क अनिवार्य लगाउनुपर्ने, एक पटकमा ८०० मानिसलाई मात्र अवलोकन गर्न दिईने, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन छुन नपाउने, एक व्यक्ति बढीमा डेड घण्टा मात्र बस्न पाउने, बालबालिकालाई खेलाउन नपाउनेजस्ता  मापदण्ड तयार गरिएको छ ।

पहिला झैँ  हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुने गरी नै मापदण्ड तयार गरिएको छ ।  

प्रकाशित मिति : कार्तिक २७, २०७७ बिहीबार  २ : ५७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।