Logo

अन्तर्राष्ट्रिय

अफगानिस्तानमा भूकम्प : कम्तिमा २५० जनाको मृत्यु, ५०० बढी घाइते



काठमाडौं । अफगानिस्तानमा आइतबार राति ६.३ तीव्रताको भूकम्प जाँदा कम्तिमा २५० जनाको मृत्यु भएको छ । ५०० भन्दा बढी घाइते भएका छन् । घाइतेहरुलाई नंगरहार र कुनार प्रान्तका अस्पतालमा भर्ना गरिएको छ ।

यो भूकम्प भारतीय समयअनुसार राति १२:४७ बजे जलालाबाद नजिक गएको हो । एनबीसी न्यूजले भूकम्पबाट २५० जनाको मृत्यु र ५०० जनाभन्दा बढी घाइते भएको जनाएको छ ।

नेशनल सेन्टर फर सिस्मोलोजी (एनसीएस)का अनुसार भूकम्पको केन्द्र जमिनबाट १६० किलोमिटर तल थियो । यसको झट्का पाकिस्तानको इस्लामाबाद र एबटाबादसम्म महसुस गरिएको थियो ।

प्रकाशित मिति : १६ भाद्र २०८२, सोमबार १०:१०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।