धनगढी । लगातारको वर्षाका कारण कञ्चनपुरका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जोगबुढा नदीको पानी बस्तिमा पस्दा दोधाराचाँदनी नगरपालिका– ८ को रामपुरे टापुस्थित जर्गाटोलका २५ घर डुबानमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराकाअनुसार घर डुबानमा परेपछि ७० जनालाई जनज्योति माध्यमिक विद्यालयमा लगेर राखिएको छ । वडा नम्बर ११ मा पनि पाँच घरमा पानी पसेको छ । प्रहरी टोली उद्धारमा खटिएको छ ।
महाकाली नदीमा पानीको बहाब एक लाख ५१ हजार क्युसेक नाघेपछि नेपाल–भारत सिमास्थित शारदा ब्यारेजमा चारपांग्रे सवारी रोकिएको छ । हाल त्यहाँ दुईपांग्रे सवारी मात्र सञ्चालनमा छन् ।




















प्रतिक्रिया