Logo

प्रमुख समाचार

माइक्रो बसको ठक्करबाट दुई जना घाइते



काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसले दुई जनालाई ठक्कर दिएको छ ।

दुर्घटनामा ९ वर्षका विवेक तामाङ र ५ वर्षीया आशिका राई घाइते भएका छन् । तामाङलाई उपचारका लागि माइतीघरस्थित न्यूरो अस्पताल लगिएको छ । उनको अवस्था जटिल रहेको प्रहरीले बताएको छ ।

अर्का घाइते राईलाई भने प्रदर्शनीमार्गस्थित काठमान्डु मोडल अस्पताल लगिएको छ । उनको अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार १०:२२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।