Logo

प्रमुख समाचार

क्रान्तिकारी वामपन्थी र कम्युनिस्ट शक्तिसँग छलफल, एकता प्रक्रिया अगाडि बढाउने



काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले माओवादी धार, क्रान्तिकारी वामपन्थी र कम्युनिस्ट शक्तिसँग छलफल मार्फत एकता, ध्रुवीकरणको पहलकदमीको प्रक्रियालाई अगाडि बढाउने भएको छ ।

भदौ १५ देखि केन्द्रीय कार्यालय शिवगढीमा बसेको स्थायी समिति बैठकले एकता र ध्रुवीकरण करणको प्रक्रिया अगाडि बढाउने गरी एजेण्डा तयार पारेको हो ।

माओवादी धारा, क्रान्तिकारी वामपन्थी र कम्युनिस्ट शक्तिहरूसँग छलफल गरी एकता र ध्रुवीकरण प्रक्रिया अगाडि बढाउने महासचिवको प्रस्ताव पारित भएको छ’, एक स्थायी समिति सदस्यले रातोपाटीलाई भने ।

यस्तै बैठकले नयाँ विचार, राजनीति र दृष्टिकोण नेकपासँग भएकाले आफ्नै नेतृत्वमा क्रान्तिकारी कम्युनिस्ट शक्तिसँग छलफल गर्ने गरी प्रस्ताव तयार भएको ती नेताले भने ।

‘हाम्रो मुख्य उद्देश्य माओवादी धारसँग एकता र ध्रुवीकरण करण गर्ने प्रक्रिया अगाडि बढ्छ । अन्य क्रान्तिकारी वामपन्थी र समाजवादी शक्तिसँग सहकार्य र मोर्चावन्दी गर्ने गरी प्रस्ताव तयार भएको छ ।

यो प्रस्तावलाई भोलिदेखि बस्ने पोलिटब्युरो बैठकमा छलफल हुन्छ । प्रस्तावमाथि २२ गते बस्ने केन्द्रीय समिति बैठकले निर्णय गर्छ । अहिले केही निर्णय भएको छैन’, अर्का स्थायी समिति सदस्यले भने ।

यस्तै पार्टी एकताको विषयमा माओवादीले मात्र प्रचार गरेको तत्काल पार्टी एकता हुने कुनै सम्भावना नरहेको महासचिव विप्लवले बैठकलाई जानकारी गराएका थिए ।

पछिल्लो पटक माओवादीका अध्यक्ष प्रचण्डसँगको भेटमा पनि सामान्य छलफल बाहेक केही नभएको जानकारी गराएका थिए ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार २१:२०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।