काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी)चन्द्रकुवेर खापुङलाई बिहीबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृह सचिव गोकर्णमणि दुवाडीले उनलाई फुली लगाइदिएका हुन् ।
खापुङलाई भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले ३२औँ आईजीपीमा नियुक्त गरेको हो । हालको कानुनअनुसार उनी २ महिना ७ दिनमात्र पदमा रहनेछन्, किनभने कार्तिक २६ मा सेवा अवकाश हुँदैछ ।
तेह्रथुममा जन्मिएका खापुङ २०५२ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए ।




















प्रतिक्रिया