काठमाडौं । दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट परेका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट निवेदन पेस गरेका हुन् ।
बिहीबार रातिदेखि लागू गरिएको निर्णयअनुसार फेसबुकलगायत २५ प्लेटफर्म बन्द भएपछि शुक्रबार रिट परेको हो । सर्वोच्च अदालतकाका अनुसार एउटै विषयमा धेरै रिट परेकाले हाल अध्ययन प्रक्रियामा रहेको र दर्ता आइतबार मात्र हुने सम्भावना छ ।
सरकारले यसअघि सर्वोच्चकै पुरानो आदेशलाई आधार मानेर सूचीकरणमा नआएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको थियो ।





















प्रतिक्रिया