Logo

धर्म / संस्कृति

इन्द्रजात्रामा बालेनले राष्ट्रपतिलाई स्वागत गरे तर, प्रधानमन्त्रीलाई किन गरेनन् ?



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बसन्तपुरमा इन्द्रजात्राका लागि पुगेका राष्ट्रपति रामचन्द्र पौडेलको स्वागत आफैंले गरे ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागत गरेनन् । भन्ने नै हो भने उनी त्यो बेला भने देखिएनन् । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँले प्रधानमन्त्री ओलीको स्वागत गरेका हुन् ।

गत वर्षको इन्द्रजात्रामा अनुपस्थित भएका मेयर शाह यसपटक भने बसन्तपुुर पुगेका थिए ।  प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्ददशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ ।

उपत्यकाबासीले विशेष महत्व दिएर मनाउने भएकाले काठमाडौं महानगरपालिकाले बसन्तपुरमा विशेष तयारीका साथ कार्यक्रम गर्दै आएको छ ।

इन्द्रजात्रामा राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च पदस्थहरूको सहभागिता हुने गर्दछ । आयोजकका हिसाबले काठमाडौं महानगरका मेयर र उपमेयरले उनीहरूको स्वागत गर्ने गर्दछन् ।

तर, शनिबार मेयर राष्ट्रपति पौडेललाई स्वागत गरेर उनीसँगै मञ्चतर्फ अघि बढे । प्रधानमन्त्री ओलीसँगको मनमुटावका कारण मेयर शाह स्वागतमा अनुपस्थित भएको देखिन्छ ।

यसअघि प्रमुख प्रशासकीय अधिकृत गुरागाइँलाई कार्य क्षमतामा प्रश्न उठाउँदै अर्को कर्मचारी पठाउन संघ सरकारसँग मेयर शाहले माग गरेका थिए ।

तर, प्रधानमन्त्री ओलीकै कारण अर्को कर्मचारी नपठाइएको भन्दै मेयर शाहले आलोचना गरेका थिए । गत वर्ष पनि ओलीसँगको खटपटका कारण मेयर शाह इन्द्रजात्राको कार्यक्रम छल्न भारत भ्रमणमा गएका थिए ।

प्रकाशित मिति : २१ भाद्र २०८२, शनिबार १६:४२   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।