Logo

प्रमुख समाचार

‘जेनजी’को प्रदर्शनमा कुलमान घिसिङको पनि ऐक्यबद्धता



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले बेथिति र केही सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध ‘जेनजी’ले गर्न लागेको प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन् ।

देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन ‘उज्यालो नेपाल अभियान’ घोषणा गरेका घिसिङले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘जेनजी’ले सोमबार (भदौ २३) निकाल्ने जुलुसमा ऐक्यबद्धता जनाएका हुन् ।

“सरकारले केही सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको विरोधमा जेनजी पुस्ताले भोलि निकाल्ने जुलुसमा उज्यालो नेपाल अभियानको तर्फबाट ऐक्यबद्धता व्यक्त गर्दछौँ,” घिसिङले उल्लेख गरेका छन् ।

‘उज्यालो नेपाल’ बत्तीको मात्र नभएर सुशासन, चुस्तदुरुस्त सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय, आर्थिक समृद्धि हासिल गर्न देशभित्रको समग्र आर्थिक क्रान्तिका लागि थालिएको परिवर्तनको अभियान हो ।

प्रकाशित मिति : २२ भाद्र २०८२, आईतवार २१:५५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।