Logo

धर्म / संस्कृति

आज सोमबार भगवान शिवको विशेष दिन, व्रत बसी पूजाआजा गरिदै



आज २०८२ साल भदौ २३ गते सोमबार, आश्विन कृष्ण पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर ८ तारिख।

शिक्षा तथा साक्षरता दिवस । आजदेखि स्रोह्र श्राद्ध सुरु। प्रतिपदा श्राद्ध आजै परेको छ।

हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो। यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ।

शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ।

खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ।

तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ।

सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ।

त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझै पनि छ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार ०७:०१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।