Logo

प्रमुख समाचार

प्रधानमन्त्रीले ब्रिफिङका क्रममा भनेः हामी संवेदनशील पनि थियौं, त्यो आन्दोलनमा घुसपैठ भएको महसुस भयाे



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भएको जेनजीहरूको प्रदर्शनका क्रममा घुसपैठ भएको बताएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा सोमबारको प्रदर्शनबारे ब्रिफिङ गर्दै उनले यस्तो बताएका हुन् ।
जेनजीहरूको मागबारे सरकार संवेदनशील भएको, उनीहरू सचेत भएको लगायतका ब्रिफिङ गर्दै प्रधानमन्त्री ओलीले अन्य अराजक तत्वहरूले घुसपैठ भएको बताए ।
‘जेनजीहरू सकारात्मक तरिकाले प्रदर्शनमा उत्रिएका थिए । युवा पुस्ताहरूको शान्तिपूर्ण आन्दोलन राम्रै हुने अपेक्षा थियो,’ प्रधानमन्त्रीले ब्रिफिङका क्रममा भनेका थिए, ‘हामी संवेदनशील पनि थियौं । तर, त्यो आन्दोलनमा घुसपैठ भएको महसुस भएको छ ।’

 

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार २१:१५   :  बजे

516
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।