Logo

प्रमुख समाचार

बालुवाटारमा सत्ता गठबन्धनको शीर्ष बैठक



काठमाडौं । मन्त्रिपरिषद बैठकलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बसेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली,कांग्रेस सभापति शेरवहादुर देउवा,राजीनामा दिएका गृहमन्त्री रमेश लेखकलगायत दुवै दलका शीर्ष नेता सहभागी भएका छन् ।
बैठकमा सामाजिक संजाल पुनः सन्चालन गर्नेबारे छलफलबाट निष्कर्ष आउने एक मन्त्रीले नेपाल प्रेसलाई बताए । यसअघि मन्त्रिपरिषद बैठकमा यसबारे कुनै निर्णय नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार २१:३३   :  बजे

318
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।