आज २०८२ साल भदौ २४ गते मंगलबार। आश्मिन कृष्ण पक्षको द्वितीया तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर ९ तारिख। आज द्वितीया श्राद्ध।
मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रमा उल्लेख गरिएको छ।
कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ।
मंगलबार भगवान श्री गणेशको सबैभन्दा प्रिय दिन मानिन्छ।
सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले यस दिन भगवान श्रीगणेशको पूजा गर्नु उत्तम मानिन्छ।
मंगलबार व्रत बसेर पूजा आराधना गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ।
शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ।
जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य दक्षिणा, आरती, परिक्रमा पर्दछन्।
यो पूजाविधिका लागि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्छ।















प्रतिक्रिया