Logo

प्रमुख समाचार

राजेश हमालको अनुरोधः राष्ट्रको सम्पदाको नाश नगरौं



काठमाडौं । अभिनेता राजेश हमालले जेनजीको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै राष्ट्रको सम्पदाको नाश नगर्न अपील गरेका छन् ।

हिजोको आन्दोलनमा शहीद भएकाहरूको सम्झना आयोजित कार्यक्रममा सहभागी हुँदै उनले राष्ट्रको संरचना, सम्पदा र पूर्वाधारहरु प्रत्येक नेपालीको भएको बताए ।

‘आठ सेप्टेम्बर नेपालको कालो दिन हो । यत्रो पीडादायी घटना सायदै घटेको थियो । हिजो पाँच छ घण्टाको अन्तरालमा १९ देखि २२ वर्षका युवाहरूको विभत्स हत्या भएको छ ।

जेनजीले उठाएको मुद्दामा हामी सबैले साथ दिइरहेका छौं । साथमा हामीले विनम्रता अनुरोध के गर्नुपर्छ भने राष्ट्रको सम्पदा कुनै नेताको निजी सम्पत्ति होइन । त्यसैले तिनको संरक्षण गरौं । हामी सबैलाई आफ्नो राष्ट्र प्यारो छ ।’

साथै उनले युवाहरूको आक्रोश ५ वर्षको मात्रै नभएको समेत बताए । वर्षौंदेखिको आक्रोश आज पोखिएको उनले बताए । साथै सामाजिक सञ्जाल ब्याण्ड त बहाना मात्रै भएको हमालको भनाइ छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १९:४६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।