जेन–जी प्रदर्शनकारीले कास्की कारागारबाट ९ सय बढी कैदीबन्दी निस्किएका छन् । दिउँसो कारागारको सुरक्षा व्यवस्था कडा बनाएको प्रहरी साँझ परेसँगै फर्किएको थियो ।
त्यसपछि जेन–जीका प्रदर्शनकारी कारागार प्रवेश गरेका थिए । त्यहाँबाट ९ सय बढी कैदीबन्दी निस्किएको प्रहरीले जनाएको छ ।
कास्की कारागारका अनुसार त्यहाँ ९८१ कैदीबन्दी थिए । जेन–जी प्रदर्शनकारीले कास्कीका अधिकांश सरकारी कार्यालयमा आगजनी गरेका छन् ।
त्यस्तै तुलसीपुर कारागारका एक सय २४ कैदी निस्किएका छन् ।बेलुकी पाँच बजेतिर कारागारको मूल गेटको पर्खाल तोडेर उनीहरू निस्किएका हुन् ।
कारागार भित्र हो–हल्ला गर्दै गेट तोड्न खोजेपछि सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले हवाई फायर गरेपनि उनीहरू निस्किएको कारागार प्रमुख कारागारका प्रमुख गिरबहादुर सेजुवालले बताए ।
एउटा ब्लकमा बसेका कुल एक सय ७९ कैदी बन्दी मध्य एक सय २४ जना जेल तोडेर भागेपनि थप ५५ जना भने आफूहरू नजाने भन्दै कारागार भित्रै बसेको कारागार प्रमुख सेजुवालले बताए ।




















प्रतिक्रिया