काठमाडौं । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारका भवनहरु अहिले पनि जलिरहेका छन् । आगो निभाउने प्रयाससमेत भएको छैन ।
प्रदर्शनकारी आज दिउँसो सिंहदरबार प्रवेश गरी आगो लगाएका थिए ।
अहिले आगो दनदन दन्किरहेको छ । सिंहदरबारको छानोसम्मै आगो फैलिएको छ ।
सिंहदरबारको मुख्य भवनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहितका मुख्य–मुख्य कार्यालय र विभागहरु थिए ।
त्यहाँका फर्निचरसहित महत्वपूर्ण कागजपत्रहरु जलेका छन् ।
सिंहदरबार क्षेत्र क्षेत्रभित्रको गृह मन्त्रालयमा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् ।




















प्रतिक्रिया