Logo

कोशी प्रदेश

गौर कारागारबाट पनि कैदी भागे



काठमाडौं । रौतहटको गौर कारागारबाट २३३ कैदि भागेका छ्न् भने पर्साको वीरगञ्जस्थित बिर्तामा रहेको कारागारबाट भाग्ने प्रयास जारी राखेका छन् ।

मंगलबार राति हुलहुज्जत गरेर गौर कारगारबाट भागेकामध्ये ३४ जना कैदीबन्दीलाई सुरक्षाकर्मिले पक्राउ गरेको छ ।

कुल २९१ कैदिबन्दी रहेको गौर कारागारमा २४ जना बाहेक सबै कारागार तोडफोड गरी भागेका थिए ।

भागेकाहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीले बताए ।

यता बिर्ता कारागारमा सुरक्षाकर्मीसँग झडप भइरहेको छ । झडप भइरहेको बेला नेपाली सेनाको टोली पुगेको छ ।

सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिन दुई दर्जन बढी अश्रुग्याँस प्रहार गरेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार ०९:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।