Logo

प्रमुख समाचार

पोखरामा आन्दोलनकारीले जलाएको घरमा भेटियो महिलाको शव



काठमाडौं । पोखरा नयाँबजारस्थित नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको जलेको घरमा एक महिलाको शव फेला परेको छ ।

मंगलबार आन्दोलनकारीले गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको घर, व्यापारिक प्रतिष्ठानसहित उनका भाइ ध्रुवको गाडी सोरूम र घर जलाइदिएका थिए ।

आगजनी भएको घरको गाडी सोरुममा जलेको अवस्थामा घरमा काम गर्ने महिलाकाे शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार १३:०३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।