Logo

प्रमुख समाचार

अनधिकृत हातहतियार बुझाउन सेनाकाे आग्रह



काठमाडौं । नेपाली सेनाले जेन-जी नेतृत्वको आन्दोलनका क्रममा सुरक्षाकर्मीहरूबाट लुटिएका वा हराएका हातहतियार, गोलीबारुद तथा अन्य सुरक्षा सामग्री बुझाउन आग्रह गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाली सेनाले ती हातहतियार तथा गोलीगट्ठा सेनामा वा सम्बन्धित सुरक्षाकर्मीलाई बुझाउन आग्रह गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘ती हातहतियारको दुरुपयोग भई जनधनको क्षति हुन सक्ने भएकाले प्राप्त गर्ने व्यक्तिहरुले नजिकैको सुरक्षा निकायलाई जानकारी गराउन र तत्काल बुझाउन अनुरोध गरिन्छ ।’

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार १३:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।