नेकपा ९माओवादी केन्द्र०का नेता जनार्दन शर्माले असामान्य परिस्थितिमा सामान्य तरिकाले काम गरेर भूमिका पूरा गर्न सम्भव नहुने बताएका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत विचार व्यक्त गर्दै उनले अहिले समीक्षा गर्ने अवस्था नभएको तर परिस्थितिलाई गहिरो रूपमा बुझेर बिल्कुल नयाँ ढंगले सोच्नुपर्ने आवश्यकता रहेको बताएका हुन्।
‘अहिले नै समीक्षा गरिहाल्ने अवस्था नहोला, परिस्थिति असामान्य भएको बेला सामान्य तरिकाद्वारा आफ्नो भूमिका पूरा गर्न सम्भव हुँदैन । तसर्थ साथीहरू विल्कुल नयाँ ढंगले सोचौँ’, उनले लेखेका छन् ।





















प्रतिक्रिया