काठमाडौं । नेपाली कांग्रेसका नेता एवं नेविसंघका पूर्वउपाध्यक्ष पुष्पकुमार शाहीले संविधानको रक्षाका लागि युवाहरू गोलवद्ध हुनुपर्ने बताएका छन्।
उनले जनताको लामो संघर्षपछि प्राप्त लोकतान्त्रीक गणतन्त्र र संविधान खतरामा परेकाले त्यसको रक्षाका लागि सबै राजनीतिक दलका युवाहरू एकजुट हुनुपर्ने बताएका हुन्।
संविधानको रक्षाका लागि भन्दै उनले आज बिहान ११ बजे माइतीघर मण्डलामा युवाहरूलाई भेला हुन अपिल गरेका छन्।
‘संविधानको सुरक्षाका लागि नेपाली कांग्रेस, नेकपा एमालेलगायत सम्पूर्ण पार्टीका भातृसंस्थाहरू र शुभेच्छुक संस्थाहरूमा आस्था तथा विश्वास गर्ने सम्पूर्णलाई आज ११ बजे माइती घरमा अननिवार्य उपस्थिति हुन अनुरोध छ,’ उनले भनेका छन्।




















प्रतिक्रिया