Logo

प्रवास

मलेसियामा नेपाली युवतीको हत्या गर्ने युवकको पहिचान खुल्यो



मलेशियामा एक नेपाली युवतीको हत्या भएको छ । मलेसियाको केलाङस्थित नेपाली रेष्टुरेण्टमा काम गर्दै आएकी ती युवतीलाई उनका नेपाली प्रेमीले हत्या गरेका हुन् ।

आइतमाया मगर (आरती मगर) नाम गरेकी युवतीको हत्या भएको प्रहरीले जनाएको छ । हत्या गर्ने नेपाली युवक युवतीको हत्यापछि बेहोस अवस्थामा भेटिएको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

उनलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ । मृतक युवती दार्जिलिङ भारतको भएपनि उनको राहदानी भने नेपाली रहेको छ ।

ती युवक र युवतीबीच प्रेम सम्बन्धमा रहेको बताइएको छ । युवतीको हत्या गर्ने युवकको पहिचान खुलेको छ । हत्या गर्ने युवक गणेशबहादुर कार्की रहेको र नेपालमा उनको घर मुगा–६ धनकुटामा रहेको बताइएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार २२:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।