मन्त्रिपरिषदको बैठकले आगामी मंसिर ३० गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले थप १ महिना सिमा नाका बन्द गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको दर बढ्दै गएकाले यो निर्णय गरिएको सरकारका प्रवक्ता मन्त्री पार्वत गुरुङले बताए ।
यस्तै यसअघि विदेशमा अलपत्र परेकाहरुको उद्धार गर्दै आएको सरकारले अब अलपत्र नागरिकका लागि उद्धार उडान नगर्ने निर्णय गरेको छ । कोरोना संक्रमणका कारण विभिन्न देशमा अलपत्र १ लाख ३६ हजार २१६ जनालाई उद्धार गरी स्वदेश ल्याएको बताउदै मन्त्री गुरुङल अब नेपाल आउने नागरिकलाई नियमित उडानबाट आउने व्यवस्था गर्ने बताए ।





















प्रतिक्रिया