Logo

प्रमुख समाचार

‘राअ’ का मुख्य निर्देशक थापा भाद्र २८ मा अवकास हुने, सेनामा तीन तारे थापा असोज २५ मा घर जाने



काठमाडौँ । नेपाली सेनाका तीन तारे अर्थात रथी निर्मल थापा आउदो असोज २५ गते अनिवार्य अवकाशमा घर जान लागेका छन् । उनी असोज १० गतेदेखि विदामा बस्नेछन् ।

रथी थापा असोज २५ गतेदेखि अनिवार्य अवकाशमा जान लागेका हुन्। थापा अहिले बेलायत भ्रमणमा रहेका छन् । उनको अवकाश पछि रथी पदको जिम्मेवारीमा २ तारे अर्थात उपरथिको अग्रसूचीमा रहेका गणेश कुमार श्रेष्ठ तिन तारे हुने प्रवल संभावना रहेको समाचार स्रोतले जनाएको छ ।

त्यसैगरि, राष्ट्रिय अनुसन्धान विभाग अर्थात ‘राअ’ का मुख्य निर्देशक हुतराज थापा पनि अवकाशको मुखमा पुगेका छन् । मुख्य अनुसन्धान निर्देशकको ३ वर्षे पदावधि पछि उनी भदौ २८ बाट अनिवार्य अवकाशमा जान लागेका हुन् । थापा २०७९ भदौ २८ मा गुप्तचर प्रमुखमा नियुक्त भएका थिए ।

उनको मुख्य अनुसन्धान निर्देशकको कार्यकाल सन्तोषजनक भने हुन सकेन् । तत्काल सरकारको नेतृत्व नभएकाले अतिरिक्त मुख्य अनुसन्धान निर्देशकद्वय ओम प्रकाश जोशी,टेकेन्द्र कार्की मध्ये एकले कायममुकायमको जिम्मेवारी पाउने स्रोतले जनाएको छ ।

अतिरिक्त मुख्य अनुसन्धान निर्देशक जोशी १५ दिन अघि बरिष्ठ भएकाले उनले कायममुकायमको जिम्मेवारी पाउने चर्चा राष्ट्रिय अनुसन्धान विभागको मुख्यालयमा चलेको छ । अहिले सरकार छैन बरिष्ठका आधारमा मुख्यसचिव एकनारायण अर्यालको निर्देशनमा कायममुकायमको जिम्मा जोशीलाई दिने संभावना बढेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार ०९:३७   :  बजे

801
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।