काठमाडौं । जेनजी आन्दोलनको कारण बन्द रहेका देशभरका फिल्म हल सोमबारदेखि संचालनमा आउने भएका छन् । आइतबार बसेको चलचित्र संघको बैठकले दर्शक र हलको सुरक्षामा ध्यान दिँदै सिनेमा घर संचालनमा ल्याउने निर्णय गरेको हो ।
तोडफोड र आगजानीबाट ध्वस्त विराटनगरस्थित क्यूएफएक्सको हलबाहेकका अन्य १६४ वटै हल संचालनमा आउनेछन् ।
केही सर्तसहित हल खोल्न लागिएको संघका महासचिव तथा प्रवक्ता सुरेन्द्र थापाले जनाए । रात्रीकालिन शोलाई समेत कडाइ गरिने भएको छ । राती १० बजेभित्र हल बन्द गर्ने गरि हल संचालन गर्न लागिएको समेत प्रवक्ता थापाले जनाए ।
चलचित्र संघकाअनुसार २४ भदौमा बिराटनगरस्थित क्यूएफएक्स, बुटवलस्थित क्यूएफएक्स, गोंगबुस्थित आइएनआईको ल्होत्से मल र भक्तपुरको क्यूएफएक्साम क्षति पुगेको छ ।





















प्रतिक्रिया