Logo

प्रमुख समाचार

एआईजी बढुवामा चलखेलको संकेत !



नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दिपक थापा गत १८ गते बिदाई भए । झण्डै महिने छोटो कार्यकाल पाएका थापाले नेपाल प्रहरीलाई लयमा ल्याउने प्रयत्न गरेको जानकारहरू बताउँछन् ।

उनले नेतृत्वबाट बिदा पाएसंगै मुलुक अर्कै दिशा उन्मुख देखियो । राजनीतिक प्रभाव र दबाबले ग्रस्त बनेको नेपाल प्रहरीलाई लयमा ल्याउने प्रयास गरेको भएपनि थापाको छोटो कार्यकाल विवादमुक्त भने हुन सकेन् ।

आईजीपी भएको एक सातामै तीनकुने आन्दोलनमा प्रहरी कमजोर देखिएको टिकाटिप्पणी चलेको थियो । आन्दोलनबाट सजिलै भागेका दुर्गा प्रसाईलाई पक्राउ गर्न लामो समय लागेको थियो ।

त्यस्तै, तराईका जिल्लाहरूमा तस्करी रोकिन सकेन । सरुवा–बढुवामा गृहमन्त्री र राजनीतिक शक्ति केन्द्रहरूको चलखेलका कारण अपजस आईजीपी थापाले बोक्नु परेको थियो, जसका कारण उनी विवादरहित बन्न नसकेको सन्देश गएको थियो । तर, यस पटकको जेनजी आन्दोलनले भने नेपाली सेना बाहेकका सुरक्षा निकायको हैसियत छताछुल्ल मात्र भएन सुरक्षा निकायका प्रमुखको सुझबुझ पनि देखिएको छ ।यता आईजीपीको नेतृत्व समालेका चन्द्र कुवेर खापुङलाई जेनजी आन्दोलनले थालखाउ की भात खाउ बनाएको छ । यसैबिच,पछिल्लो समय प्रहरी तर्फ ४ एआईजी रिक्त छ ।

तत्कालिन समयमा थापाले सई पदबाट प्रहरी निरीक्षक बढुवामा सिनियर ब्याचका मात्र गरेर उनले दबाब पन्छाएका थिए । माथिल्लो दर्जाको बढुवामा राजनीतिक हस्तक्षेप रोक्न सकेनन् । केही राम्रा अधिकृत बढुवामा छुटेको भन्दै विभिन्न सन्चार माध्यमले समाचार उल्लेख गरेका थिए । लेखापालको सरुवामा गृहमन्त्री रमेश लेखकको सचिवालयले ठुलो आर्थिक चलखेल गरेको थियो ।

तर, गृहको धेरै सूची उनले टार्न सकेनन् । सोही कारण पछिल्लो समय गृह मन्त्रालयसँग उनको सम्बन्ध राम्रो हुन नसकेको चर्चा चलेको थियो । त्यस्तै २० डिएसपीको काज सरुवा गर्दा आफूहरूसँग सल्लाह नगरेको भन्दै तत्कालिन गृह नेतृत्व उनीसँग रिसाएको थियो ।

जसका कारण अवकाशअघि उनले तयारी गरेको जिल्ला प्रमुख अर्थात् एसपीहरुको सरुवा पनि रोकिएको थियो । आईजीपी थापामाथि बन्दोबस्तीका सामान खरिदमा चलखेल रोक्न नसकेको आरोप लागेको छ ।

खरिदमा ठेकेदार ज्ञानेन्द्र बस्नेत समूहको हालीमुहालीका कारण प्रहरी संगठन विवादमा पर्यो । आईजीपी थापाले अवकाशको मुखमा बस्नेत र उनी निकट ठेकेदारहरूलाई ठेक्कामा दिएको चर्चा चलेको छ ।

प्रबन्धका केही प्रहरी कर्मचारीसँग मिलेर आफू र आफ्नो समूहलाई ठेक्का सेटिङ गराउन सफल रहेकोे चर्चा छ । यसमा ठूलो आर्थिक चलखेल रहेको केही ठेकेदारहरूले बताएका छन् । यसलाई नयाँ आएका आईजीपी चन्द्रकुबेर खापुङले रोक्न सक्छन् कि सक्दैनन् ? हेर्न बाँकी छ ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार २१:३६   :  बजे

1.4K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।