Logo

अर्थ

बर्खास्त गर्न लागेपछि एनआईसी एशिया बैंकका सिइओ न्यौपानेले दिए राजीनामा



काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका सिइओ रोशन कुमार न्यौपानेले पदबाट राजीनामा दिएका छन् ।

पछिल्लो समय विवादास्पद छबि बनाएका बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशन न्यौपानेलाई बैंक संचालक समितिले बर्खास्त गर्ने तयारी गरेपछि उनले पदबाट राजीनामा दिएका हुन्।

आज बस्ने बैंक सञ्चालक समितिको बैठकले उनलाई पदमुक्त गर्ने आन्तरिक तयारी अघि बढाएको जानकारी पाएपछि न्यौपाने राजीनामा दिन बाध्य भएका हुन् । उनको राजीनामा आजै स्वीकृत गर्ने बोर्डको तयारी छ ।

स्रोतका अनुसार, न्यौपानेको कार्यकालका क्रममा बैंकको आन्तरिक प्रशासनदेखि लगानी रणनीति, कर्मचारी व्यवस्थापन र नियामकीय अनुपालनमा गम्भीर प्रश्न उठिरहेका थिए। कर्मचारी आवास कर्जा रोकिनु, अत्यधिक खर्च, जोखिमयुक्त लगानी, लाभांश विवाद, असफल विलय प्रयासजस्ता विषयले सञ्चालक समितिमा असन्तुष्टि बढाएको थियो।

बोर्डले असार महिनामै उनको काम कारबाहीबारे आन्तरिक समीक्षा थालेको थियो। सोही समीक्षा प्रतिवेदनमा देखिएको कमजोरीका कारण बर्खास्तको तयारी भएको बताइन्छ। तर, विवाद चर्किँदै जान नदिन उनले बुधबार राजीनामा बुझाएका छन्।

अब बैंकले नयाँ सिइओ नियुक्त गर्ने तयारी थालेको छ। यसबीचमा कार्यवाहक सिइओमार्फत बैंकको दैनिकी सञ्चालन गरिने बताइएको छ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार १३:२२   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।