Logo

प्रमुख समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी कारागार फर्किए



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी कारागार फर्केका छन् ।

जेनजीको प्रदर्शनको क्रममा २४ भदौमा सुन्धारास्थित कारागारबाट निस्केका उनी दुई सातापछि कारागार फर्केका हुन् । मंगलबार रायमाझी कारागार फर्केको कारागार स्रोतले बतायो ।

रायमाझीसँगै सुन्धारा कारागारबाट मात्रै ३३ सय कैदीबन्दी भागेका थिए । देशभरका कारागारबाट १४ हजार बढी कैदीबन्दी भागेका थिए । करिब आधाजसो कैदीबन्दी अहिले कारागार फर्किसकेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलवार १३:३७   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।