Logo

धर्म / संस्कृति

बुधबार श्रीकृष्णको पूजा गर्दा अतिउत्तम



आज २०८२ साल असोज ८ गते बुधबार। आश्विन शुक्ल पक्षको तृतीया तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर २४ तारिख । नवरात्रको तेस्रो दिन । चन्द्रघण्टा देवीको पूजा ।

हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दू धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्।

‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देवको पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ।

साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार ०६:५५   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।