गुल्मी । गुल्मीको मदाने गाउँपालिकामा आज राति २ बजे परेको चट्याङ लागेर चार वर्षीया बालिकाको मृत्यु भएको छ ।
मदाने–५ झ्यानपानीका नेरसिंह विककी चार वर्षीया छोरी रियासा विकको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गंगाबहादुर सारूले जानकारी दिए ।
उनका अनुसार चट्याङका कारण विकका बुबा नेरसिंह र आमा सुन्तली विक घाइते भएका छन्
। घरमा सुतिरहेको अवस्थामा परेको चट्याङ लागेर नेरसिंहको शरीरमा चोट लागेको छ । श्रीमती सुन्तलीको पेट र दायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते दम्पतीलाई उपचारका लागि जिल्ला अस्पताल प्युठान पठाइएको छ । रासस



















प्रतिक्रिया