Logo

प्रमुख समाचार

दुई सहसचिव काप्री र चटौत सचिवमा बढुवा



काठमाडौं । सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवातर्फ सहसचिव कृष्णप्रसाद काप्री र प्राविधिक सेवातर्फ चिरञ्जीवी चटौतलाई सचिवमा बढुवा गरेको हो ।

प्रशासनतर्फ सचिवमा बढुवा भएका काप्री शिक्षा तथा मानवस्रोत विकास केन्द्रको महानिर्देशकको जिम्मेवारीमा थिए भने प्राविधिक सेवातर्फ बढुवा भएका चटौत उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा विकास सहायता तथा प्रादेशिक समन्वय महाशाखा प्रमुखको जिम्मेवारीमा थिए ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले प्रशासन सेवातर्फ काप्रीसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत सहसचिव बैकुण्ठ अर्याल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत राजेन्द्रप्रसाद पौडेलको नाम सिफारिस गरेको थियो ।

यस्तै प्राविधिकि सेवातर्फ चटौतसँगै जगदिश्वर कर्माचार्य र नवीनराज सिंहको नाम सिफारिस गरेको थियो ।

भदौ १८ मा गण्डकी प्रदेशको प्रमुख सचिव खगेन्द्रप्रसाद सुवेदी ५८ वर्षे उमेर हदका कारण रिक्त भएपछि उक्त पदमा काप्री बढुवा भएका हुन् भने ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका तत्कालिन उर्जा सचिव सुरेश आचार्य अनिवार्य अवकाशमा गएसँगै रिक्त रहेको उक्त पदमा चटौत बढुवा भएका हुन् ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार २२:१४   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।