Logo

साहित्य

चितवनमा साहित्यिक व्यक्तित्वहरूलाई सम्मान



चितवन जिल्लामा साहित्यिक व्यक्तित्वहरूलाई बिहिबार सम्मान गरिएको छ । विसं २०७६ सालमा प्रकाशित श्रष्टाहरूका कृतिका आधारमा सम्मानित गरिएको जनाईएको छ ।

जिल्ला साहित्य परिषद्ले हरेक वर्ष प्रदान गर्ने राजकृष्ण कँडेल साहित्य पुरस्कार, २०७७ बाट पत्रकार वसन्त पराजुली र लेखक गणेश लाठलाई सम्मानित गरेको छ । पराजुलीलाई उनको ‘कुमाता’ कथा सङ्ग्रहका लागि र लाठलाई ‘अघटित’ उपन्यासका लागि प्रदान गरिएको हो । पुरस्कारको राशि रु १५ हजार रहेको छ ।

यस्तै चितवन साहित्य परिषद्ले प्रतिभा पुरस्कार, २०७७ बाट अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष प्रकाश पौडेल माइला, खेमलाल लामिछाने साहित्य पुरस्कारबाट ‘केन्द्र र परिधि’ निबन्धका लागि निबन्धकार रामबाबु घिमिरेलाई र चिसाप लीलानर्मदा पुरस्कार ‘महोपथ’ कथा सङ्ग्रहका लागि कथाकार ललित विष्टलाई प्रदान गरिएको छ ।

हाल जापानमा रहेका कारण पुरस्कृत व्यक्तित्व पौडेलका बुबा चूडामणि पौडेलले उनको पुरस्कार ग्रहण गरेका छन् भने अन्य स्रष्टाहरू स्वयं कार्यक्रममा उपस्थित भएर पुरस्कार ग्रहण थिए । कार्यक्रममा चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र्र अस्तफल, पूर्वअध्यक्ष केदारनाथ खनाल, साहित्यकार श्यामजी अतिथि, पुरस्कारका संस्थापक मायादेवी कँडेलले पुरस्कृत व्यक्तित्वलाई सम्मान गरेका थिए।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार ११:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।