Logo

प्रमुख समाचार

नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सम्पन्न, कार्यको समीक्षा एवं सुझावहरू प्रस्तुत



नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखको भौतिक उपस्थिति र पृतनापतिको ‘भर्चुअल’ सहभागितामा पृतनापति समन्वयात्मक बैठक २०८२ सम्पन्न भएको छ ।

बिहीबार भएको उक्त बैठकमा विभागीय प्रमुखलगायत पृतनापतिले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यको समीक्षा एवं सुझावहरू प्रस्तुत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जनाएको छ ।

नेपाली सेनाको वार्षिक कार्यतालिकाअनुसार वर्षको दुईपटक पृतनापति समन्वयात्मक बैठक सञ्चालन हुँदै आएको छ ।

यही असोजको पहिलो हप्ता जङ्गीअड्डामा समसामयिक परिस्थितिबारे पूर्वप्रधानसेनापतिसँग छलफल तथा अन्तक्र्रिया सञ्चालन भएको सेनाले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार २१:२३   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।