Logo

प्रमुख समाचार

कारागारबाट भागेका कैदीबन्दीलाई फिर्ता ल्याउन कार्यदल गठन



काठमाडौं । कारागार व्यवस्थापन विभागले गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दीलाई फिर्ता ल्याउन फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन गरेको छ ।

फरार कैदीबन्दीको खोजी, नियन्त्रण तथा पक्राउ अभियान सञ्चालन कार्यलाई तीव्र बनाउन शुक्रबार गृहमन्त्रीस्तरीय निर्णयले कार्यदल गठन गरिएको विभागले जनाएको छ ।

सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि समेत सदस्य रहने गरी कार्यदल गठन गरिएको हो ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार २२:१२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।