Logo

प्रमुख समाचार

सल्यानमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, चारजना घाइते



 

सल्यानमा गाडी दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् ।

आज बिहान रुकुमबाट दाङका लागि गुडेको लु२ख ६५०२ नम्बरको गाडी सल्यानको कपुरकोट–३ चोरखोलामा भएको दुर्घटनामा एक महिला र २ पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रमेश खत्रीले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा घाइते भएकालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा सामान्य उपचारपछि नेपालगञ्ज पठाइएको छ । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

बस सडकबाट करिब चारसय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आईतवार ०९:०८   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।