Logo

प्रमुख समाचार

भाद्र २३ गतेको जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण हुने



काठमाडौँ। गत भाद्र २३ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई नेपाल सरकारले परिचयपत्र वितरण गर्ने भएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार गृह मन्त्रालयबाट तयार भएका घाइते परिचयपत्र कार्यालयमा आइसकेका छन्।

आइतबार एक सूचना जारी गर्दै आन्दोलनमा घाइते भएका केही व्यक्तिहरूको विवरण आइसकेको र बाँकी विवरण प्राप्त हुने क्रममा रहेको जनाएको छ।

कार्यालयले भनेको छ, ‘काठमाडौँ जिल्लाभित्र रहेका घाइते व्यक्तिहरूको सम्पर्क नम्बर र ठेगाना उपलब्ध गराएपछि घरदैलोमै परिचयपत्र पुर्‍याइने व्यवस्था मिलाइनेछ।’

यसका लागि सम्पर्क नम्बर ९८५१३३८३२२ मा विवरण उपलब्ध गराउन घाइतेहरूलाई आग्रह गरिएको छ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार ००:११   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।