Logo

समाचार

सप्तकोशीमा पानीको बहाव उच्च, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह



काठमाडौं । अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव तीव्र गतिमा बढ्दै गएको छ।

आइतबार बिहान १०:३० बजे पानीको बहाव ४ लाख ८६ हजार ७६० क्यूसेक पुगेको कोशी ब्यारेज प्रशासनले जनाएको छ। जोखिम बढेपछि ब्यारेजका सबै ५६ गेट खोलिएका छन्।

प्रशासनले नदीको सतह अति उच्च जोखिम स्तरमा पुगेकाले सुनसरी, सप्तरी र उदयपुरका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

साथै, जोखिमयुक्त बस्ती खाली गरी सुरक्षित स्थानमा सारिन प्रशासनले निर्देशन दिएको छ। बाढीको प्रभाव गम्भीर हुन सक्ने चेतावनी दिइएको छ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आईतवार ११:३७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।