Logo

प्रमुख समाचार

मुख्य सडकको अवस्था: काठमाडौँ उपत्यकामा सवारी सामान्य, तर विभिन्न राजमार्ग अवरुद्ध



काठमाडौं । हाल काठमाडौँ उपत्यकामा सवारी आवागमन सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । अधिकांश राजमार्गहरुमा अवस्था सहज बन्दै गएको भए पनि केही ठाउँमा पहिरो र बाढीका कारण आवागमन अवरुद्ध भएको छ ।

प्रभावित क्षेत्रहरू:

कान्ति लोकपथ: मकवानपुरको भिमफेदी गाउँपालिका ८ र बकैया गाउँपालिका ११ मा पहिरो खसेर सडक अवरुद्ध,
सिस्नेरी–काठमाडौँ सडक: सिस्नेरी नजिकको पुलमा बाढीको असरले सडक बन्द,
बीपी राजमार्ग: काभ्रेको रोशी गाउँपालिका ११ मा बाढीले सडक कटान,
कोशी राजमार्ग: संखुवासभाको मकालु र भोटखोला गाउँपालिकामा पहिरोका कारण सवारी रोकिएको,
पासाङल्हामु राजमार्ग: रसुवाको विभिन्न ठाउँमा पहिरो, साथै मितेरी पुल बाढीले क्षतिग्रस्त,
मध्य पहाडी लोकमार्ग: सिन्धुलीको फिक्कल गाउँपालिका ६ मा पहिरोले आवागमन प्रभावित ।

 

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार १०:१८   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।